एनआईसीले बिगतमा झैं बाटो बिराउँदा अप्ठ्यारोमा बैंकिंङ, राष्ट्र बैंकको हस्तक्षेपको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2021 | 10:59:22 AM मा प्रकाशित

laxmi  sunrise bank

असोज महिनाको ब्याजमा सनराइज बैंक आक्रामक हुँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर समग्र बैंकिंङ क्षेत्रमा देखिएको थियो। सनराइज बैंकले विकास बैंकले भन्दा पनि बढी मुद्दतीमा १०.५१ प्रतिशत ब्याज कायम गर्दा समकालिन बैंक मात्र नभई विकास बैंक र फाइनान्सको समेत व्यवसाय खोसिएको थियो। 

तर कात्तिकमा आउदा सनराइज बैंक सम्हालिएर सिंगल डिजिटमा ब्याजदर कायम गरेपनि एनआईसी एसियाले बिगतमा झैं 'बाटो बिराएर' आक्रामक रुपमा ब्याज बढाएको छ।  जसले गर्दा समग्र बैंकिंङ क्षेत्र नै अप्ठ्यारो अवस्थामा फसेको छ ।

बैंकहरुमै आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेको एनआईसी एसियाले ब्याजदर सहकारीले जस्तै वृद्धि गरेकाले आफुहरु पनि ब्याजदर बढाउँन बाध्य भएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई बताए ।

"असोजमा सम्हालिएर प्यानिक नभई ब्याजको दर सिंगल डिजिटमै राखेको हो तर अहिले भद्र सहमति तोडेर एनआईसी एसियाले सहकारीको जस्तै ब्याज पुर्याएको छ, ब्याज नबढाए हामीसंग भएको निक्षेप पनि खोसिन्छ, त्यहि भएर ब्याज नबढाउनुको विकल्प रहेन"  ति सीईओ ले बिजपाटीकर्मीसँग भने।

असोज महिनामा सनराइजले ब्याज १०.५१ अफर गर्दा आफुहरुको ठुलो निक्षेप खोसिएको बताउदै ती सीईओ भन्छन्, "एनआईसी एसियाले बिगतमा झैं बाटो बिराएर ब्याज बढाएको छ, एनबिए ले सहमती मात्रै खोज्ने हो त्यहि भएर अब राष्ट्र बैंकले बिगतमा झैं हस्तक्षेप गर्नुपर्छ।" 

कोभिडको लकडाउनमा प्रशस्त पैसा हुँदा बचतमा १ प्रतिशतसम्म अफर गरेको एनआईसी एसियाले त्यो बेला सस्तोमा ठुलो पैसा कर्जा लगानी गरेको र अहिले त्यहि सस्तो कर्जालाई महँगो बनाउन यस्तो रणनीति लिएको ती सीईओको दाबी छ।

एनआईसी एसियाले पटक पटक बैंकिंग क्षेत्र बिगार्ने गरि रणनीति लिंदा पनि राष्ट्र बैंकले खासै हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउदै अहिलेका गभर्नरले बिगतमा झैं एनआईसी एसियालाई छुट दिन नहुने ती सीईओको माग छ।

कोभिडको लकडाउन अगाडीको तरलता अभावको बेला ब्याज वृद्धिमा आक्रामक बनेको एनआईसी एसिया अहिलेपनि आक्रामक बनेको छ। एनआईसी एसियाका कारण जसरि बिगतमा सिंगो बैंकिंङ क्षेत्र नै प्यानिक भएको थियो, त्यसैगरि अहिलेपनि प्यानिक बन्न पुगेको छ। बिगतमा बैंकहरुबीचको भद्र सहमति तोडेर आक्रामक रुपमा ब्याज बढाएपछि राष्ट्र बैंक र अर्थमन्त्रालयले हस्तक्षेप गरेका थिए। 

अहिलेपनि एनआईसी एसियाले यहि कात्तिकदेखि लागू हुने गरि बचतमा न्युनतम ६.१० प्रतिशत र् अधिकतम ८.१० प्रतिशत कायम गरेको छ भने मासिक निक्षेपमा ११।१० प्रतिशत तथा मुद्दती निक्षेपमा ११.१० प्रतिशत कायम गरेको छ। त्यस्तै कर्जाको ब्याज १३.८९ प्रतिशत पुर्याएको छ। 

एनआईसी एसियाले आक्रामक रुपमा ब्याज बढाएपछि नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, कुमारी बैंकपनि ब्याज बढाउँन बाध्य भएका छन्।     

कुमारी बैंकले संस्थागत मुद्दतीमा डबल डिजिटको ब्याज अफर गरेको छ। संस्थागत मुद्दतितर्फ ३ देखि ६ महिने अवधिको ब्याजदर ९.३१ प्रतिशत कायम गरेपनि ६ महिनाभन्दा बढी अवधिको ब्याजदर १०.३१ प्रतिशत तोकेको छ।  

त्यस्तै ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८.८१ प्रतिशत तोकेको छ। यस्तै, ६ महिनाभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ९.८१ प्रतिशत कायम गरेको छ भने एक वर्ष वा सोभन्दा बढी अवधिको ब्याजदर ९.८१ प्रतिशत कायम गरेको छ।

नेपाल बंगालदेश बैंकले पनि डबल डिजिटको ब्याज अफर गरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १० र ६ महिनाभन्दा बढी अवधिको ब्याजदर १०.२८ प्रतिशत कायम गरेको छ। 

यसैगरि संस्थागत मुद्दतितर्फ ३ देखि ६ महिना अवधिको ब्याजदर १० प्रतिशत र ६ महिनादेखि माथि अवधिको ब्याजदर १०.२८ प्रतिशत कायम गरेको छ। बैंकले बचत खातामा अधिकतम ५.२८ प्रतिशत ब्याजदर दिने भएको छ

लक्ष्मी बैंकले पनि डबल डिजिटको ब्याज अफर गरेको छ। लक्ष्मी बैंकले बचतमा ६.०१ प्रतिशत ब्याज कायम गरेपनि व्यक्तिगत र संस्थागत निक्षेपमा ११.०५ प्रतिशत ब्याज कायम गरेको छ। लक्ष्मीले अफर गरेको यो ब्याज एनआईसी एसियाको भन्दा थोरैले कम हो। 

त्यस्तै लक्ष्मी बैंकले कर्जाको ब्याज १३।९९ प्रतिशतसम्म कायम गरेको छ। उसले अधिकांश शिर्षकको कर्जाको ब्याज बेस रेटमा ५ प्रतिशत जोड्ने भनेको छ। भदौसम्मको तथ्यांकअनुसार लक्ष्मीको बेस रेट ७।०७ प्रतिशत रहेको छ। यस आधारमा कर्जाको ब्याज न्युनतम पनि १२।०७ प्रतिशत हुने देखिन्छ। 

एनसीसी बैंकले पनि डबल डिजिटको ब्याज अफर गरेको छ। बैंकले बचतमा न्युनतम ५.५५ प्रतिशत ब्याज दिने भएको छ भने मुद्दती निक्षेपमा १०.५५ प्रतिशत दिने भएको छ। त्यस्तै कर्जाको ब्याज बेस रेटमा ७ प्रतिशत जोड्ने भनेको छ। असार मसान्तसम्म एनसिसिको बेस रेट ७।५७ प्रतिशत छ, अर्थात न्युनतम पनि कर्जाको ब्याजदर १४।५७ प्रतिशत हुने देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved