रोचक बन्दै लघुवित्त बैंकर्स संघको चुनावी माहोल, अध्यक्षमा मिन बोहराको पनि दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2021 | 10:31:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लघुवित्त बैंकर्स संघमा नेतृत्त्वको बिषयलाई लिएर माहोल तात्तिएको छ। भोलि हुने पन्ध्रौँ बार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन हुने भएपछि नेतृत्त्वको लागि माहोल तात्तिएको हो। 

धौलागिरि लघुवित्तका सीईओ मिन बहादुर बोहराले अध्यक्षमा उम्मेद्वारी दिने भएपछि नेपाल बैंकर्स संघमा माहोल तात्तिएको हो। नयाँ कार्यकालका लागि भोलि हुने नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षको निर्वाचनमा आफुले उम्मेद्वारी दिने बोहराले बिजपाटीलाई बताए। 

लघुवित्तका योगदानबारे सरकार र सरोकारवालालाई महसुस गराउन तथा लघुवित्तको विकासका बारेमा गर्नुपर्ने कामका लागि सरकार र सरोकारवालासँग पुलको काम गर्नका लागि आफुले नेपाल बैंकर्स संघको नेतृत्त्वको लागि उम्मेदवारी दिन लागेको बोहराले बताए। 

"लघुवित्त वित्तीय सँस्थाले वित्तीय पहुँच बढाउँन, बैंकमा जान नसक्नेलाई वित्तीय सुविधा दिन तथा गरिवी निवारण गर्नका लागि धेरै ठुलो योगदान दिएका छन्, तर आम सर्वसाधारण मात्र नभई सरकारले पनि योगदानको महसुस गर्न सकेको छै" बोहराले भने, "यहि अभाव पुरा गर्न तथा लघुवित्तको विकासका लागि अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र अन्य सरोकारवालासँग पुलको काम गर्नलाई संघको अध्यक्षमा उम्मेद्वारी दिन लागेको हो।" उनले भने। 

यो पनि: लघुवित्त बैंकर्स संघको नेतृत्त्वको लागि माहोल तात्यो, कसको सम्भावना कति ?

अहिलेको कार्यसमितिले धेरै काम गरेपनि गर्नुपर्ने महत्त्वपूर्ण कामहरु थाँती नै रहेकाले नेतृत्त्वनै सम्हालेर लघुवित्तको क्षेत्रमा थप योगदान पुर्याउनका लागि अध्यक्षमा आफ्नो उम्मेद्वारी हुने उनले बताए। सकेसम्म सहमतिमै अगाडी बढ्ने र निर्वाचनकै अवस्था आए आफुले अध्यक्षमा उम्मेद्वारी दिने उनले बताए। बोहराले संघमा आबद्द ५० वटा लघुवित्त मध्ये अधिकांशको साथ आफुलाई रहेकाले आफुले निर्वाचनमा जित्ने पक्का भएको  दाबि गरे।  

बोहरासँग लघुवित्तको क्षेत्रमा बिगत २५ बर्षदेखि काम गरेको अनुभव छ। २०५० सालमा ग्रामिक विकास बैंकमा सहायक स्तरदेखि काम सुरु गरेका बोहरा अहिले धौलागिरि लघुवित्तका प्रमुख कार्यकारी हुन्। 

यो २५ बर्षको दौरानमा बोहराले १० बर्ष कार्यकारी तहमा रहेर आफ्नो जिम्मेवारी सम्हालेका छन्। उनले ग्रामिण विकास बैंक हुँदै बुटवल अवस्थित तत्कालिन नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, नेपाल एग्रोमा नेतृत्त्व सम्हालेका छन्। 

बोहराले गत बर्ष २०७७ सालमा मात्रै तीन तीनवटा लघुवित्तको सीईओ बन्ने मौका पाएका छन्। उनले एकै बर्षमा कालिका, नेपाल एग्रो र धौलागिरिको नेतृत्त्व सम्हाल्ने मौका पाएका हुन्।

लघुवित्त वित्तीय सँस्थाहरुको सीईओहरुको छाता संगठन 'नेपाल लघुवित्त बैंकर्स संघ' को पन्ध्रौँ बार्षिक साधारणसभा भोलि अर्थात कात्तिक ५ गते हुने भएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आथित्यमा हुन लागेको सभाले नयाँ कार्यसमिति चयन समेत गर्ने भएको छ। 

बिगतमा नयाँ कार्यसमिति चयन अर्थातनिर्वाचन हुने साधारणसभाको चर्चा हुने भएपनि यसपटक भने अवस्था सामान्य जस्तै रहेको देखिएको छ। यद्दपी निर्वाचनको कार्यक्रम भोलि दिउँसो अर्थात कात्तिक ५ गते ४ बजे हुने भएकाले त्यो बेलासम्म माहोल बदलिएर नेतृत्त्वको उम्मेद्वारीमा 'ट्वीस्ट' आउँन सक्ने बताइन्छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved