इच्छाराज तामांङबिरुद्दको मुद्दाले लियो फरक मोड, थप १८ दिन थुनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 10:04:35 AM मा प्रकाशित

laxmi  sunrise bank

ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामांगबिरुद्द संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान थालिएको छ। यस अगाडी सिभिल सहकारीको निक्षेपकर्ताको उजुरीको आधारमा पक्राउ परि अनुसन्धान भईरहेकोमा अब तामाङलाई संगठित अपराध ऐन आकर्षित गरि अनुसन्धान थालिएको हो।

केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार बिहीबार तामाङसहित पक्राउ परेका १२ जनालाई संगठित अपराध ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिइएको छ।   

संगठित अपराध ऐन आकर्षित भएकाले तामाङलाई अदालतले १८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताएका छन्। 

उनकाअनुसार संगठित अपराध अन्तर्गत ६० दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ। बिहीबार तामाङसहित पक्राउ परेका १२ जनालाई संगठित अपराध ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिइएको छ। 

यो पनि: 
- सिभिल सहकारीबाट पैसा लिएको पुष्टि भए सबै सम्पती राज्यलाई सुम्पिन्छु: पूर्व महान्यायाधिवक्ता खरेल

इच्छाराजको दाग मेटाउने तयारीमा सिभिल बैंक, अध्यक्षको लागि पाण्डे र बोगटीबीच प्रतिस्पर्धा

तीन वा त्योभन्दा बढी व्यक्तिहरू संलग्न भएर हुने आर्थिक अपराधलाई संगठित अपराध ऐन आकर्षित गरेर अनुसन्धान गरिने गरिएको छ। हालसम्म तामाङसहित १२ जनाविरूद्ध ११२६ जनाले जाहेरी दिएका छन्। हालसम्म उनीहरूविरूद्ध चार अर्ब ६१ करोड २५ लाख ३४ हजार ८८७ रूपैयाँ बिगो तयार भएको महतोले जानकारी दिए।

कात्तिक ४ गते बिहिबार मात्रै थप ४३ जना पिडित सम्पर्कमा आएको महतोले जनाएका छन्।  

मुलुकी फौजदारी अपराध संहिता अनुसार ठगी कसुर पुष्टि भए अभियोगीलाई सात वर्षसम्म कैद, जरिवाना र बिगो असुल गरिने प्रावधान छ। तर, संगठित अपराधमा भने ठगी कसुरको डेढ गुणा सजाय हुने प्रावधान छ।

सिभिल सेभिङ एण्ड को–अपरेटिभको अर्बौं रुपैयाँ हिनामिना तथा ठगी गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले गत असोज १८ गते तामाङ सहित १२ जनालाई पक्राउ गरेको हो। ठगि आरोपमा पक्राउ परेका तामाङसहितलाई सुरुमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राखिएको थियो। तर अब भने यो अवधि लम्बिने पक्कापक्कि जस्तै भएको छ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved