लक्ष्मी लघुवित्तले एकै पटक दुई नयाँ शाखा संचालनमा ल्यायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 08:59:56 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त वित्तीय संस्थाका दुई नयाँ शाखा एकै पटक संचालनमा आएका छन्। लघुवित्तले ताप्लेजुङको भुम्वेदेवी र पांचथरको भानुचोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो। 

लघुवित्तका अध्यक्ष जीवन प्रकाश लिम्बु र कार्यकारी प्रमुख प्रकाश राज शर्माले उक्त नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। यससंगै लघुवित्तको शाखा सङ्ख्या ७८ पुगेको छ। 

उद्घाटन अवसरमा लघुवित्तका सामान्य प्रशासन विभागीय प्रमुख दिलिप शर्मा, प्रदेश एक का प्रदेश प्रमुख भिम न्यौपाने, स्थानीय निकायका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, स्थानीय बौद्दिक बर्गहरु तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो। 

उक्त कार्यक्रममा सँस्थाले भविष्यमा लक्ष्मी बैकको शाखा रहित बैंकिंग सेवा प्रदान गर्ने व्योहोरा संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुले बताए। त्यस्तै सो अवसरमा उनले लक्ष्मी लघुवित्तको परिचय, स्थापनाको उदेश्य र कार्यक्षेत्रबारे बताए। 

त्यस्तै सो अवसरमा लक्ष्मी लघुवित्तका सीईओ प्रकाश राज शर्माले लघुवित्तको कार्यक्षेत्र र आगामी योजनाबारे उपस्थितहरुलाई जानकारी दिए। लक्ष्मी लघुबित्तले ५५ जिल्लाका आफ्ना ७८ वटा शाखाबाट १ लाख घर परिवारमा आफ्नो सेवा बिस्तार गरेको छ।  



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved