प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 05:30:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच नेपालमा ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागी सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु क्यापिटलले नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनसँग “दि पिंक रिबन क्याम्पेन” सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहकार्य गर्नेछ । 

सम्झौतामा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनका तर्फबाट डा. सुजिता हिराचनले हस्ताक्षर गरे । नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसन नेपालमा ब्रेष्ट क्यान्सर सम्बन्धी रोगको न्यूनीकरणका लागि कार्यरत गैरमुनाफामुखी संस्था हो । यसले ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागि विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । फाउण्डेसनले ब्रेष्ट क्यान्सर न्यूनीकरण तथा चेतना अभिवृद्धिका लागि ‘वेयर दि पिंक रिबन क्याम्पेन’, ‘पिंक रिबन वाक’, ‘पिंक रिबन फ्लास मोब’, ‘ब्रेष्ट क्यान्सर स्क्रिनिङ्ग मेडिकल क्याम्प’, लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 

सम्झौता अन्तरगत प्रभु क्यापिटलले प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजनामा ग्राहकको लगानी व्यवस्थापनगरी क्यापिटलले आफूले प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई सहयोग गर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved