लक्ष्मी लघुवित्तद्धारा ६४ जना ग्राहकहरुलाई सीपमूलक तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 01:27:16 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्कीको ढिकुरपोखरी, लमजुङको भोर्लेटार तथा गोरखाको बास्कोट गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई बिभिन्न प्रकारका तालिम प्रदान गरेको छ। 

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्तले  बेमौसमी तरकारी खेती, व्यवसायिक च्याउ खेती तथा बाख्रापालन तालिम प्रदान गरेको छ । मंसिर ०२ गते देखि ०९ गते सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ६४ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो । 

ग्राहक सदस्यहरुको सिप र क्षमता अभिवृद्धि गर्ने हेतुका साथै परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको थियो ।

तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले तालिमको माध्यमबाट कृषकहरुलाई सफल उद्यमी बनाउन मद्धत पुग्ने र ग्राहकहरुले तालिम पश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत ( कृषि विशेषज्ञ ) श्री ओम प्रकाश भुसालले गरेका थिए।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।


















Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved