एनआईसी एसिया बैंकमा बचत खाता हुनेलाई २४ प्रकारका सुविधा, साथमा १० गुणा कर्जा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2021 | 09:19:09 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले बैंक स्थापनाको २४ औं बार्षिकोत्सवको अवसरमा आफ्ना बचतकर्तालाई २४ थरिका सुविधा दिएको छ। बैंकिंङ बजारमा रहेका बचतखाता भन्दा एक कदम अगाडी बढेर बैंकले आफ्ना बचतकर्तालाई 'सर्वश्रेष्ठ बचत खाता' नाम दिएर यी सुविधा थपेको हो। 

बैंकले बचत खातामा दिएको सुविधामा बीमा सम्बन्धी ३, कर्जा सम्बन्धि ३ र अन्य १८ गरि २४ सुविधा दिएको छ। बचतका लागि बचत मात्रै नभई बचत गर्दै गर्दा बीमादेखि कर्जासम्मको सुविधा दिएर बैंकले आफ्ना ग्राहकप्रतिको जिम्मेवारी बहन गर्ने प्रयास गरेको बैंकले जनाएको छ। 

बैंकले बचत खातालाई पनि विभिन्न तीन क्याटोगोरीमा छुट्याएर प्रत्येक क्याटोगोरीलाई तीन बर्गिकरण गरेको छ। बैंकले ग्राहकलाई सहज र सजिलो होस् भन्ने उदेश्यले बचत खातालाई तीनवटा क्याटोगोरी बनाएर सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ नारि बचत खाता र सर्वश्रेष्ठ जेष्ठ नागरिक खाता बनाएको छ। 

त्यसमाथि पनि बैंकले ग्राहकले राख्ने मौज्दातको आधारमा प्रत्येक क्याटोगोरीलाई 'गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरि तीन आधारमा बर्गिकरण गरेको छ र त्यहि अनुसार सुविधा पनि छुट्याएको छ। 

बैंकका अनुसार क्याटोगोरी र बर्गिकरण छुट्याएपनि तीन मध्ये जुनै क्याटोगोरीको सर्वश्रेष्ठ बचत खाता भएपनि र तीन आधार मध्ये जुनै बर्गिकरणमा पर्ने भएपनि सर्वश्रेष्ठ बचत खातामा पर्ने सबै बचतकर्ताले बचत खातामा सर्वश्रेष्ठ बार्षिक ब्याजदर पाउनेछन्। त्यस्तै ३ महिनाको औशत मौज्दातको १० गुणासम्म पुर्व स्वीकृत कर्जा पाउनेछन् तर यस्तो कर्जाको ब्याजदर मात्रै बेस रेटमा १ प्रतिशत प्रिमियम थप हुनेछ अर्थात अति सस्तो ब्याजमा कर्जा उपलब्ध हुनेछ। र यसका लागि प्रशासनिक शुल्क पनि एक अंक मुनि हुनेछ। 

डेबिट कार्ड, मोबाइल बैंकिंङ, इन्टरनेट बैंकिंङ शुल्क गुडविल एम्बेसडर बर्गमा पर्ने बचतकर्ताले ५ बर्षको लागि र प्राइड र पार्टनर बर्गमा पर्नेले एक बर्ष अर्थात् पहिलो बर्ष निशुल्क पाउनेछन्। 

त्यस्तै क्रेडिट कार्डको अधिकतम सिमा गुडविल एम्बेसडर बर्गमा पर्ने बचतकर्ताले ५ लाखसम्मको सुविधा पाउनेछ भने प्राइडले २ लाख ५० हजार र पार्टनरले १ लाखसम्मको सुविधा पाउनेछ। 

तिनै क्याटोगोरीका सर्वश्रेष्ठ बचत खाताको गुडविल आधार रोज्नेलाई २४ थरिका सुविधा

सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ नारि बचत खाता र सर्वश्रेष्ठ जेष्ठ नागरिक खाता हुने र गुडविल आधारमा पर्ने अर्थात न्युनतम १ लाख रुपैयाँ खातामा मौज्दात राख्नेले बीमा र कर्जा, क्रेडिट कार्ड सहित २४ थरिका सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ।

२१ लाखसम्मको बीमा 

बैंकका अनुसार बीमा २१ लाख रुपैयाँसम्मको हुनेछ। जसमा १० लाख रुपैयाँ दुर्घटना बीमा, १० लाख रुपैयाँ घातक रोग बीमा र १ लाख रुपैयाँ औषधि उपचार बीमा जसमा २० हजार ओपिडीमा र हस्पिटल भर्ना खर्च ८० हजारको रहेको छ। 

यो बीमा सुविधा बैंकिङ क्षेत्रकै धेरै भएको बैंकको दाबी छ । बैंकले विगत दुई वर्षमा ल्याएको विभिन्न खातामा हालसम्म बीमाबाट ६५५ ग्राहकहरूलाई ३ करोड ९५ लाख रुपैयाँ भन्दा बढि फाइदा दिइसकेको जनाएको छ। 

बेस रेटमा १ प्रतिशत प्रिमियममा १ करोडसम्मको कर्जा सुविधा 

बैंकका अनुसार यस खातामा कर्जातर्फ तीन आकर्षक सुविधा उपलब्ध गराईएको छ। जस अन्तगर्त औसत मौज्दातको १० गुणासम्म पूर्व स्वीकृत कर्जा सुविधा, कर्जाको ब्याजदरमा बेस रेट प्लस १ प्रतिशतमात्रै प्रिमियम र प्रशासनिक शुल्क मात्र ०.२५ प्रतिशत रहनेछ । 

मानौं, तपाईंको तीन महिनाको औसत बचत १० लाख रुपैयाँ छ भने सो बचतको १० गुणाले हुन आउने एक करोड रुपैयाँ कर्जा पूर्व स्वीकृति कर्जा लिन पाउनु हुनेछ । यदि तपाईंको बचतको १० गुणा भन्दा धेरै लिनु परेको अवस्थामा पनि बैंकले प्रचलित ब्याजदर र राष्ट्र बैंकले तोकेको प्रक्रिया साथै आन्तरिक नीति पूरा गरी कर्जा सुविधा उपलब्ध गराउँनेछ। 

३ महिनाको औसत बचत १० लाख रुपैयाँ छ तर ग्राहकलाई १ करोड ५० लाख रुपैयाँ आवश्यकता परेको छ भने १ करोड रुपैयाँ विशेष पूर्व स्वीकृत कर्जाको सहुलियतमा र बाँकी ५० लाख रुपैयाँ प्रचलित ब्याजदर र राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरी उपलब्ध गराउनेछ। 

अहिले बैंकिङ क्षेत्रमा तरलता समस्या छ । हालको तरलता समस्या भएको अवस्थामा कतिपय बैंकहरूले बेसरेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर लिने गरेका छन् । यस्तो अवस्थामा एनआईशी एशियाको यो सुविधा ग्राहकहरूका लागि निकै लाभदायी हुने देखिन्छ।

सम्पती वृद्धि वेल्थ म्याक्सीमाईजेसन

भएको सम्पतीबाटै थप सम्पती जोड्ने कामलाई सामान्यतया सम्पति वृद्धि अर्थात वेल्थ म्याक्सीमाइजेसन भन्ने गरिन्छ। र यो सुविधा नेपालको बैंकिंङ इतिहासमै पहिलोपटक एनआईसी एसियाले आफ्ना बचतकर्तालाई दिएको दाबी गरेको छ। 

डिम्याट खाता पहिलो बर्ष निशुल्क र पोर्टफोलियो व्यवस्थापन सेवा पहिलो बर्ष ५० प्रतिशत छुट दिएर बैंकले यसमा लाग्ने शुल्क आफैंले ब्योहोरेको छ। बैंकले भनेको छ 'यसबाट ग्राहकको सम्पति वृद्धि हुने कुरा त छदैछ। साथमा 'स्विप इन स्विप आउट' जस्तो मुद्दती निक्षेप र बचत खातामा पाइने ब्याजदरको अन्तरको ब्याज उपलब्ध हुने बैंकहरुमै नौलो र उत्कृष्ट बिशेष सुविधा पनि रहेको छ।'

के हो स्वीप इन–स्वीप आउट ?

बैंकका अनुसार स्विप इन–स्विप आउटमा बचत खाता र मुद्दती खाता दुवैको गुणहरू समाहित गरेको एक उच्चतम फाइदा हुने सर्वाेत्कृष्ट सुविधा हो। जसमा बचत खाताको जस्तै चाहेको समयमा बैंकबाट आफ्नो रकम निकाल्न सकिनेछ भने खातामा जम्मा भइरहँदा मुद्दती निक्षेपको उच्च ब्याजदर प्राप्त हुनेछ।स्विप इन–स्विप आउट सुविधा बैंकको सर्वश्रेष्ठ बचत खाताका एम्बेसडर श्रेणीमा रु. २ लाखभन्दा बढी रकम भएमा उक्त बढी रकमलाई रु. १०,००० को गुणनमा तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा सर्वाधिक उच्च १०.०५ प्रतिशतसम्मको ब्याजदर प्राप्त गर्न सकिन्छ । एउटा बचत खाता खोल्दा पनि मुद्दती खाता सरह ब्याजदर प्राप्त गर्न सकिन्छ। 

अन्य सुविधाहरु 

निशुल्क एटिएम  

एनआइसी एशियाका ४७३ वटा एटीएम मेसिनहरू छन् ।  नेपाल भर ४ हजार भन्दा बढि एटिएमबाट रकम निकाल्दा समेत सर्वश्रेष्ठ खाता योजनाका ग्राहकलाई शुल्क नलाग्ने बैंकले जनाएको छ। धेरै वाणिज्य बैंकहरूले कार्ड प्रयोगमा पहिलो वर्षमात्रै निःशुल्क सेवा दिने गरेका छन् । तर एनआईसी एशिया बैंकले ५ वर्षका लागि डेबिट कार्ड र मोवाइल तथा इन्टरनेट बैंकिङ निःशुल्क सुविधा दिने उल्लेख गरेको छ ।

बैंकले भनेको छ 'चेक क्लियरिङ, कनेक्ट आईपीएस लगायतमा स–साना रकम हाम्रो खर्च भइरहेको हुन्छ । यो स–साना रकम हिसाब गर्ने हो भने ठूलो हुन आउछ । तर यस्ता धेरै शुल्कहरू एनआईसी एशिया बैंकले निशुल्क उपलब्ध गराउनेछ । कनेक्ट आईपीएस तथा चेक क्लियरिङ निःशुल्क, डिम्याट सेवामा लाग्ने शुल्क पुरै छुट, इकमर्स सञ्चालन शुल्क निःशुल्क सहितका २४ फाइदाहरू ग्राहकले पाउनेछन् । '

ब्याजबाहेक नै ३.३९ गुणा धेरै फाइदा

बैंकका अनुसार एनआइशी एशियाले सर्वश्रेष्ठ बचत खातामा दिने सुविधाहरूको मात्रै हिसाब गर्ने हो भने ३ लाख ३९ हजार रुपैयाँ भन्दा धेरै ग्राहकले फाइदा पाउनेछन् । न्युनतम ब्यालेन्स १ लाख रुपैयाँमात्रै हुँदा पनि एनआइशी एशिया बैंकबाट यसको ३३९.१९ प्रतिशत बढी फाइदा लिन सकिनेछ । 

केहि बैंकले यस्तै खाले प्रोडक्ट ल्याए पनि न्युनतम ब्यालेन्स ५ लाख र ब्याजदर भने एनआइसी एशिया जति नै ७.०५ प्रतिशत रहेकोले आफ्नो प्रोडक्ट बढी फाइदाजनक हुने बैंकको भनाई छ ।

बैंकले भनेको छ 'यहाँ कुल फाइदा हिसाब गर्ने हो भने १ लाख १२ हजार १५२ रुपैयाँ हुन आउँछ । यो भने ११.२२ गुणा फाइदा हो । अरु बैंकको तुलनामा  एनआईसी एशिया बैंकले ग्राहकलाई दिने फाइदा सबै भन्दा बढी हो।

बैंकका अनुसार अरु बैंकसँग  तुलना गर्दा पनि एनआइशी एशियाले दिने फाइदाहरू निकै धेरै बढी छन् । बैंकले बह्नेको छ ' जस्तो बीमाकै फाइदाहरू हेर्दा पनि केहि बैंकले ३ लाख ७५ हजार रुपैयाँसम्म बीमा सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ तर मेडिकल बीमा उपलब्ध छैन । केहि बैंकले दुर्घटना वा मेडिकल बीमा गर्ने विषयमा खुलाएको छैन । केहिले दुर्घटना र मेडिकल इन्स्यारेन्स उपलब्ध गराउँदैन। केहिले दुर्घटना बीमा ५ लाखसम्मको उपलब्ध गराउँछ भने दुर्घटना बीमा छैन । तर एनआईसी एशिया बैंकले भने दुर्घटना १० लाख, १८ घातक रोगको १० लाख र १ लाखको मेडिक गरी २१ लाखको बीमा सेवा प्रदान गर्छ । यति धेरै फाइदा एनआइशी एशिया बैंकको मात्रै हो । अन्य बैंकहरू कुनैको पनि एनआईसी एशियाको जति छैन।' 

एनआइशी एशियाले बैंकिङ क्षेत्रमै नौलो फाइदा स्वरुप ३ महिनाको औसत निक्षेपको दश गुणा धेरै प्रिअप्रभु कर्जा सुविधा पनि ल्याएको छ ।  ब्याजमा पनि एनआइशी एशियाले बेस रेटमा जम्मा १ प्रतिशतमात्रै प्रिमियम जोडेर ब्याज लिने र प्रशासनिक शुल्क पनि ०.२५ प्रतिशतमात्रै लिने भएकोले यो इन्डष्ट्रीकै उच्च फाइदामा पर्ने बैंकको दाबी छ। 

धेरै वाणिज्य बैंकहरूले कार्ड प्रयोगमा पहिलो वर्षमात्रै निःशुल्क सेवा दिने गरेका छन् । तर एनआईसी एशिया बैंकले ५ वर्षका लागि डेबिट कार्ड र मोवाइल तथा इन्टरनेट बैंकिङ निःशुल्क साथै पहिलो वर्ष क्रेडिट कार्डको शुल्कमा शतप्रतिशत छुट गर्ने जनाएको छ ।

बैंकले भनेको छ 'चेक क्लियरिङ, कनेक्ट आईपीएस लगायतमा स–साना रकम हाम्रो खर्च भइरहेको हुन्छ । यो स–साना रकम हिसाब गर्ने हो भने ठूलो हुन आउछ । तर यस्ता धेरै शुल्कहरू एनआईसी एशिया बैंकले निशुल्क उपलब्ध गराउनेछ । डिम्याट सेवामा लाग्ने शुल्क पुरै छुट, इकमर्स सञ्चालन शुल्क निःशुल्क, कनेक्ट आईपीएस तथा चेक क्लियरिङ निःशुल्क सहितका २४ फाइदाहरू ग्राहकले पाउनेछन् । '

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved