सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा भारि छुट, तर सर्त लागू हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 07:39:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रालिबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र आगन्तुक रिसोर्ट प्रा.लि.का तर्फबाट उक्त कम्पनीका संचालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन्। 

उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले आगन्तुक रिसोर्ट प्रा.लि.बाट प्राप्त हुने सेवा मध्ये खाना तथा पेय पदार्थमा वढीमा १५ प्रतिशत र आवाशमा २३ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेविट कार्ड तथा मोवाइल बैंकिङ्ग वा क्युआर कोर्ड मार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन्।

सांग्रिला डेभलपमेन्ट बैंकले मुलुकभरका आफ्ना १०५ शाखा कार्यालयहरु, ३२ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved