हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको छ।
बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो । बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवर्दनमा योगदान प्रदान गर्दै आएको छ ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका महासचिब रमेश धोज बस्नेतलाई हस्तानतरण गरेका छन्।
उक्त समारोहमा महाप्रबन्धक अनुप मास्के लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित संकटा क्लबका अध्यक्ष इनद्रमान तुलाधर लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति थियो।