मिर्मिरे लघुवित्तले बुद्धज्योतिलाई प्राप्ती गर्ने, यस्तो हुनेछ बोर्ड र उच्च व्यवस्थापन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2022 | 12:00:19 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेपलाञ्चोक बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुबित्त वित्तीय संस्थाले रुपन्देहीको लुम्बीनी सांस्कृतिक नगरपालिकामा रहेको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने भएको छ। यस सम्बन्धमा आज दुवै संस्थाका पदाधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

शुक्रबार काठमाण्डौंमा भएको एक कार्यक्रममा दुबै संस्था बिचमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका तर्फबाटअध्यक्ष गोविन्द पाण्डेयले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

 कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्थाका संचालकहरु सन्तोष फयल, सञ्जय श्रेष्ठ, प्रविण भट्टराई र प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी एवं बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका संचालकहरु देब बहादुर कुँवर, कुमारी शान्ता आचार्य र प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको उपस्थिती रहेको थियो।

संस्था प्राप्ती पश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने र संचालक समिति अध्यक्ष टेकबहादुर बोहरा एवं प्रमुख कार्यकारी अधिकृतमा पुष्करराज जोशी रहने गरी सम्झौता भएको छ भने २०७९ जेठ मसान्त सम्ममा एकिकृत कारोवार गरिसक्ने संस्थाले जनाएको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिको माघ मसान्त सम्ममा अधिराज्यभरी ६३ वटा जिल्लामा १४८ वटा शाखा कार्यालय बाट १ लाख ३० हजार सदस्यहरुमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । संस्थाले माघ मसान्त सम्ममा २ अर्ब ५० करोड रुपैंया निक्षेप संकलन गरी ९ अर्ब रुपैंया कर्जा लगानी गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी दिए। 

सातै प्रदेशमा प्रादेशिक कार्यालय तथा उप प्रादेशिक कार्यालयहरुको संरचना सहित कार्य संचालन गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त र नागबेली लघुवित्त लाई प्राप्ती गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved