एनबी बैंकमा कर्मचारीले सीइओ घेरे: पाण्डेले नसकेपछि पूर्व सीईओले विवाद मिलाउदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2022 | 05:28:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकका कर्मचारीहरुले बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृतको कार्यलय घेराउ गरेका छन्। कर्मचारी समायोजनको बिषयलाई लिएर नेपाल बंगलादेश बैंकका कर्मचारीहरुले बिहिबार निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई उनकै कार्यलयमा घेराउ गरेका हुन्। 

यस अगाडी गरिएको समझदारी विपरित कर्मचारीहरुको समायोजन गर्न लागीएपछि कर्मचारी युनियनको नेतृत्त्वमा बैंकका कर्मचारीहरुले निमित्त सीईओंलाई घेरेका हुन्। 

नबिल बैंकमा नेपाल बंगलादेश बैंकलाई 'मिसाउँदा' नेपाल बंगलादेश बैंकका एजीएम भन्दा मुनिका कर्मचारीको पद तथा सुविधा यथावत रहनेगरि सहमति जुटेकोमा अहिले फरक कुरा आएपछि कर्मचारीहरु आन्दोलित भएका हुन्। 

एजीएम भन्दा मुनिका कर्मचारीलाई सहमतिमा आए भिआरएस दिएर पठाउने, सहमतिमा नआउने कर्मचारीलाई जागिर बाट नै बिदा गरिदिने मर्जर समितिको योजना एनबिका कर्मचारीलाई थाहा हुन आएपछि उनीहरु आन्दोलित भएको सोतको भनाई छ। 

नेपाल बंगलादेश बैंकका कर्मचारीहरुले पुर्व सहमति अनुरुपनै एजीएम भन्दा मुनिका कर्मचारीलाई सोहि पद र सुविधामा नबिल बैंकले प्राप्ति गर्नुपर्ने मागहरु राख्दै आएकाछन 

पाण्डेले गुहारे पुर्व सीईओ ढुङ्गाना 

निमित्त सीईओको कार्यलय घेराउ गरेपछि उनले तत्कालै पुर्व सीइओं ढुंगानालाई समस्या समाधानको लागि गुहारेका छन्। ढुङ्गानाले आज शुक्रबार  भर्चुअल मार्फत वेविनार गरेर असन्तुष्ट कर्मचारीहरुको माग सम्बोधन गर्ने प्रयास गर्ने जनाईएको छ।

नेपाल बंगलादेश बैंकबाट दुई कार्यकाल सकेर विदा भएका ढुंगानालाई नबिल बैंकको आगामी सीईओको रुपमा पनि हेरिएको छ। सायद यसै कारण पनि बंगलादेश बैंकभित्र कर्मचारी समायोजनको बिषयलाई लिएर भएको आन्दोलन मिलाउन ढुंगानालाई नै अगाडी सारिएको हो।

नबिल बैंकको सीईओ हुने आंकाक्षाकै कारण नेपाल बंगलादेश बैंकका कर्मचारीहरुलाई बिदा गरेर वा जबर्सज्स्ती भीआरएस लिन लगाउने रणनीतिमा ढुंगाना रहेको बैंकका कर्मचारीको आरोप छ। 

जर्जस्ती भीआरएस वा निकाला गरे बंगालदेश बैंकका कर्मचारी डुब्ने 

नेपाल बंगलादेश बैंकका कर्मचारीलाई जबर्जस्ति भीआरएसमा वा विदाई गरे आफुहरुले चर्को आन्दोलन गर्ने त्यहाँका एक कर्मचारीले बिजपाटीलाई बताए।

जबर्जस्ति भीआरएस लिन लगाए वा विदामा पठाउने निर्णय भयो भने वा पद र सुविधामा घटुवा गरेर कर्मचारी समायोजन भए नेपाल बंगलादेश बैंकका कर्मचारीहरुलाई धेरै ठुलो आर्थिक क्षति हुने ति कर्मचारीको भनाई छ।

"अधिकांश कर्मचारीहरुले घरजग्गा, गाडी, लगायतका कर्जाहरु बैंकबाट लिएका छन् , अहिलेको अवस्थामा  भिआरएस लिएर जान वा कामबाटै विदा गरियो भने भएको कर्जा भुक्तानीको लागि आफुसंग भएको गाडी, घरजग्गा बेच्न बंगलादेश बैंकका कर्मचारी बाध्य हुनेछन र यसले ठुलो आर्थिक नोक्सानी पुर्याउनेछ' ति कर्मचारीले बताए। 

अहिलेकै अवस्थामा कर्मचारी समायोजन भए यसले धेरै ठुलो असन्तुष्टि सिर्जना गर्ने र त्यसले समग्र बैन्किङ प्रणालीमा समस्या आउने उनिहरुको भनाई छ।  अहिलेकै शैलीमा कर्मचारी समायोजन हुँदा राष्ट्र बैंकको मर्जर नीतिलाई धक्का लाग्ने उनीहरुको भनाई छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved