एनबि बैंकले दिएको 'भिआरएस' योजनामा असन्तुष्टि, संघका नेताहरुनै बिकेको कर्मचारीको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2022 | 11:31:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैकंसँग गाभ्ने गाभिने प्रकृयामा रहेको नेपाल बंगलादेश बैंकका कर्मचारीहरुले बैंक व्यवस्थापनले गरेको स्वेच्छिक अवकास योजना (भिआरएस) प्रति असन्तुष्टि जनाएका छन्। 

स्वेच्छिक अवकाश योजनालाई लिएर आफुहरु पूर्ण रुपमा असन्तुष्ट रहेको नेपाल बंगलादेश बैंक लिमिटेड कर्मचारी संघले जनाएको छ। कर्मचारी समायोजनको बिषय र भिआरएस योजना सँगसंगै आउनुपर्ने संघले जनाएको छ। 

कर्मचारी समायोजन र भिआरएस सम्मानजनक हुनुपर्ने भन्दै आफुहरुले मौखिर र लिखित रुपमा बारम्बार ध्यानाकर्षण गराईरहेको संघका कार्यबाहक अध्यक्ष योगेश श्रेष्ठले जनाएका छन्। 

कर्मचारी समायोजन समान र सम्मानजनक नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको संघले अहिले भने आन्दोलनका बिषयलाई लिएर भएका टीकाटिप्पणी प्रति आलोचना गरेको छ। 

कर्मचारी समायोजन समान हैसियतमा हुनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएको र सम्बादबाटै समाधान खोज्न लागिपरेको बताउदै आफ्नो आन्दोलन कम्जोर बनाउन गलत प्रचार गरिएको समेत संघको आरोप छ। 

नेताहरुनै बिकेको कर्मचारीको आरोप 

संघले समायोजन समान पद र हैसियत कायम गरिनु पर्ने, आकर्षक स्वेच्छिक् अवकाश योजना लागु गरिनु पर्ने, कर्मचारीको सेवा शर्त सुबिधा मर्जर पश्चात समान कायम गरिनु पर्ने, सहयोगि तहका कर्मचारीहरुको रोजगारीको सुनिश्चित गरिनु पर्ने र कर्मचारीको बृत्ति बिकास लाई निरन्तरता दिईनु पर्ने लगायतका माग राखेर बैशाख २५देखि २७ गतेसम्म बिभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

तर उक्त माग पुरा नहुँदै संघका पदाधिकारीहरुले भने बैंकका केहि शाखा बाहेक अरु ठाउँमा आन्दोलनको कार्यक्रम गर्न सकेन। संघका कार्यबाहक अध्यक्ष योगेश श्रेष्ठ सहितका पदाधिकारी उच्च व्यवस्थापनको प्रलोभनमा परेकाले कर्मचारीको आन्दोलन अगाडी बढ्न नसकेको कर्मचारीहरुको आरोप छ। 

संघमा आबद्द ६०० कर्मचारीहरुको भावनालाई टेकेर संघका केहि पदाधिकारीले लाभ लिएको र अब आन्दोलनको कार्यक्रम पनि अगाडी बढ्न नसक्ने त्यहाँका कर्मचारीहरुको बुझाई रहेको छ।  स्वेच्छिक अवकास योजना प्रति असन्तुष्टि जनाउदै जारी गरेको बिज्ञप्ती पनि संघको राजनीति मात्रै भएको कर्मचारीहरुको भनाई छ।

संघमा आबद्द एक कर्मचारीले बिजपाटीलाई भने, 'तपाई (बिजपाटी) लगायतका केहि मिडियामा एनबी बैंकको कर्मचारीको आन्दोलनबारे आएका समचार सत्य हुन्, हाम्रा नेताहरु प्रलोभनमा फसीसकेका छन्, पुर्व सीईओ (ज्ञानेन्द्र ढुङ्गाना) अहिले पनि दैनिक कार्यलय आएर यहाँका कर्मचारीहरुको आन्दोलन रोक्न संघका नेताहरुलाई थर्काउने र प्रलोभनमा पार्ने काम गरेका छन्, त्यहि भएर पनि अब सहनुको विकल्प छैन।'  

केन्द्रिय कार्यलय बाहिर रहेका र संघमा आबद्द बैंकका कर्मचारीहरुले संघका कार्यबाहक अध्यक्ष सहितका पदाधिकारीहरु पुर्व सीईओ ज्ञानेन्द्र ढुंगानाको थर्काई र प्रलोभनमा फसेको आरोप लगाएका छन्।  

यो पनि:

-एनबी बैंकलाई गाभ्ने प्रकृया अगाडी नबढाउन सर्वोच्चको आदेश, कर्मचारीलाई ठुलो राहत
-निरिह बने एनबि बैंकका कर्मचारी, अहिलेसम्मकै 'झुर' स्वेच्छिक अवकाश योजना प्रस्ताव
के एनबि बैंकमा कर्मचारीको आन्दोलन तुहिएको हो ?
- सीईओसँगको छलफल निष्कर्षविहिन: आन्दोलनको तयारीमा एनबि बैंकका कर्मचारी
एनबी बैंकमा कर्मचारीले सीइओ घेरे: पाण्डेले नसकेपछि पूर्व सीईओले विवाद मिलाउदै
आजदेखि नेपाल बंगलादेश बैंकका कर्मचारी आन्दोलनमा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved