
सुपर लघुवित्तका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सहित उच्च ब्यबस्थापनका ३ जना कर्मचारी पक्राउ गरेका छन्। दाङ प्रहरीले कम्पनीका कामु सीईओ बुद्धिराम चौधरी, तुल्सीपुर शाखामा कार्यरत सन्जिव चौधरी र बिजौरी शाखाका प्रमुख यशोदा थापालाई पक्राउ गरेको हो ।
लघुवित्तका संचालक नरेन्द्र बहादुर चन्दले उनीहरु पक्राउ परेको पुष्टि गरेका छन् । कम्पनीमा ७२ लाख अनियमितता भएको उजुरीको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । फर्जी कागजात बनाएर कृत्रिम व्यक्तिलाई ऋण लगानी भएको आशंका गरिएको छ । यस विषयमा राष्ट्र बैंकले पनि अनुसन्धान गरिरहेको छ ।
लघुवित्तको केन्द्रीय कार्यालय दाङमा रहेको छ । यो एनजीओबाट लघुवित्त कम्पनीमा परिणत भएको हो ।