सनराईज बैंकको देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2022 | 10:07:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराईज बैंकले देशब्यापी वित्तीय साक्षरता कार्यक्रम गरेको सम्पन्न गरेको बताएको छ  । नागरिकमा बैंकिङ्ग सेवा सुबिधाको बारेमा जनचेतना जगाउन, बैंकिङ्ग सेवा सुबिधाको प्रयोगले जीबनस्तर सुदृढ बनाउने, बचतको महत्व, कर्जाको सदुपयोगिता, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङ्गको प्रयोगले हुने  समयको बचत, डिजिटल बैंकिङ्गम कसरी सुरक्षित रहने  लगायतका बिषयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बताएको हो  । 


देश व्यापी रुपमा गण्डकी प्रदेशमा बागलुङ, सुन्दरबजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनबल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा विरेन्द्रनगर र जुम्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी,महेन्द्रनगर र डडेलधुरामा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो  यो भन्दा अगाडि प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशमा साक्षरता कार्यक्रम गरी सकेको थियो   

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved