निक्षेप संकलन र कर्जा प्रबाहका हिसाबले नेपाल बैंक पहिलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 06:45:53 PM मा प्रकाशित

laxmi bank ntc

नेपाल बैंक लिमिटेड Nepal Bank Limited  निक्षेप संकलन तथा कर्जा बिस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ। गत जेष्ठ महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन बृद्दीको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो

नेपाल बैंक निक्षेप संकलनसंगै कर्जा विस्तार पनि पहिलो स्थानमा रहन सफल भएको छ। गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा विस्तार ३२.०५ प्रतिशतले बढेको छ।

गतमहिनाको आधारमा २७ बाणिज्य बैंकहरुमध्ये २१ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ६ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट आएको छ ।

बाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ७.३७ प्रतिशत रहेको छ ।

त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४९ प्रतिशतको वृद्धि 

भएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved