कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टमा आकर्षक छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 07:00:36 PM मा प्रकाशित

laxmi bank ntc

कुमारी बैंक Kumari Bank Limited का ग्राहकले कालिकानगर बुटवल स्थित महाराजा रिशोर्टमा आकर्षक छुट पाउने भएका छन्। यस सम्बन्धि सम्झौतामा बैंक र रिशोर्टका प्रतिनिधिबीच आज एक सम्झौता भएको छ।

सम्झौतामा बैंकको तर्फबाट मार्केटिंग प्रमुख नविन मुनि बज्राचार्यले र महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 

     



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved