सर्वसाधारणबाट निक्षेप उठाउन पाउनुपर्ने लघुवित्तहरुको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 09:06:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लघुवित्त बैंकर्स संघले सर्वसाधारणबाट निक्षेप संकलन गर्ने बाटो खोलिदिनलाई नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ। आर्थिक बर्ष २०७९-०८० को मौद्रिक नीति तर्जुमाको सिलसिलामा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघले यस्तो अनुरोध गरेको हो। 

लघुवित्त बैंकर्स संघको तर्फबाट आफ्नो कुरा राख्दै संघका महासचिव रामबहादुर यादवले कम्तिमा पनि बीमा गरिएको बराबरको रकम सर्वसाधारणबाट निक्षेप संकलन गर्न पाउनुपर्ने बताए। आफुहरुले ग्रामिण क्षेत्रका स्थानीय बासिन्दासँग प्रत्यक्ष रुपमा जोडिएर लघुवित्त सेवा दिंदै आएको बताउदै उनले कर्जा दिन मात्र नभई उनीहरुबाट निक्षेप संकलन गर्न पाउने व्यवस्था हुँदा लघुवित्तलाई स्रोत पनि जुट्ने उनले बताए। 

यस्तो व्यवस्थाले बैंकहरुमाथिको निर्भरतालाई कम गर्ने समेत उनले बताए। 

बैंकहरुले वन्चित समुहमा गर्नुपर्ने लगानीको ४ प्रतिशत मात्रै लघुवित्त मार्फत लगानी भएकाले अहिलेपनि लघुवित्तहरुमा लगानीको लागि स्रोतको कमी हुँदै आएको बताउदै संघका महासचिव यादवले यस्तो लगानीको कम्तिमा ५ प्रतिशत रकम लघुवित्त मार्फत हुनुपर्ने बताए। 

त्यस्तै लघुवित्तहरुलाई कर्जा सापटी दिँदा बैंकहरुले महँगो ब्याजमा पैसा दिने अहिलेको अवस्था रहेकाले अहिलेकै अवस्थामा कर्जा लिएर १५ प्रतिशतको सिलिंग भित्र रहेर कर्जा लगानी गर्नलाई असम्भव भएको उनले बताए। 

यसका लागि राष्ट्र बैंकले तत्काललाई वा मौद्रिक नीति मार्फत केहि बिशेष व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए। बैंकहरुले बेस रेटमा ८ प्रतिशतसम्म प्रिमियम थपेर लघुवित्तलाई कर्जा दिईएको अवस्था सुनाउदै महासचिव यादवले कि कस्ट अफ फन्डमा लगानी गर्ने, कित ब्याजको सिलिंग मात्र नभई स्प्रेड रेट तोक्नुपने बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved