१७ विकास बैंकमध्ये ३ घाटामा, मुक्तिनाथले नाफामा २ वटा वाणिज्य बैंकलाई उछिन्यो (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 12:13:15 PM मा प्रकाशित

laxmi sunrise bank

एघार महिनाको अवधिमा विकास बैंकहरुले ६ अर्ब बढी खुद नाफा कमाएका छन् । २०७८ साउन देखि २०७९ जेठ महिनासम्मको अवधिमा विकास बैंकहरुले कुल ६ अर्ब ४३ करोड ९५ लाख बराबरको खुद नाफा कमाएका हुन् ।

यस अवधिमा ३ वटा विकास बैंक भने घाटामा रहेका छन् । नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक भने घाटामा छन् । 

यस अवधिमा मुक्तिनाथ विकास बैंकको खुद नाफा सबै भन्दा उच्च छ । बैंकले ११ महिनाको अवधिमा १ अर्ब २६ करोड खुद नाफा कमाएको छ । ११ महिनामा अर्ब बढी नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ मात्र रहेको छ । मुक्तिनाथले खुद नाफामा २ वटा बाणिज्य बैंकलाई समेत पछि पारेको छ । ११ महिनाको अवधिमा  बैंक अफ काठमाडौँ र सिभिल बैंकको खुद नाफा मुक्तिनाथको भन्दा कम छ । 

त्यस्तै यस अवधिमा गरिमा विकास बैंकको खुद नाफा ९७ करोड, महालक्ष्मी विकास बैंकको ९३ करोड १६ लाख, ज्योति विकास बैंकको ६९ करोड ३२ लाख, कामना सेवा विकास बैंकको ६४ करोड ७५ लाख, शाइन रेसुंगाको ६१ करोड ५४ लाख, र लुम्बिनी विकास बैंकको खुद नाफा ५९ करोड ८ लाख रहेको छ । त्यस्तै शंग्रिला विकास बैंकको खुद नाफा ४८ करोड ५५ लाख, र मितेरी डेभलपमेन्ट बैंकको १२ करोड ५७ लाख रहेको छ ।

त्यस्तै सिन्धु विकास बैंकको खुद नाफा ५ करोड १५ लाख, एक्सेल डेभलपमेन्ट बैंकको ३ करोड ९१ लाख, ग्रीन डेभलपमेन्ट बैंकको १ करोड ३३ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको १ करोड ११ लाख तथा सालपा विकास बैंकको २१ लाख खुद नाफा रहेको छ ।

घाटामा रहेका नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफा क्रमश १ करोड ८ लाख, ६ करोड ५६ लाख र ६ करोड ८६ लाख रहेको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved