मिर्मिरेले बुद्द ज्योति लघुवित्त प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतले पारित, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2022 | 11:37:14 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बिशेष साधारण शभा आज सम्पन्न भएको छ। संस्थाका संचालक समिति अध्यक्ष एवम् बिशेष साधारण शभाका शभाध्यक्ष टेक बहादुर बोहराबाट उद्घाटन भएको उक्त बिशेष साधारणसभा थप अर्को लघुवित्त प्राप्ति प्रयोजनका लागि डाकिएको हो। 

भैरहवामा केन्द्रीय कार्यालय रहेको बुद्द ज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ती गर्ने प्रयोजनका लागी बोलाइएको बिशेष साधारण बोलाइएको हो। मिर्मिरेले दुई आर्थिक बर्षको दौरान नागबेली र स्वेडा लघुवित्त संस्थाहरुलाई प्राप्ति गरिसकेको छ। 

संस्थाका संचालक एवम् मर्जर एक्विजिसन समितिका संयोजक सन्तोष फुयालले दुई आर्थिक बर्षको दौरान नागबेली र स्वेडा लघुवित्त संस्थाहरुलाई प्राप्ति गरिसकेको र यस पटक बुद्द ज्योति लघुवित्तलाई प्राप्ती गर्ने तयारी अगाडी बढेको जानकारी दिए। 

संस्थाका संचालक  समिति अध्यक्ष टेक बहादुर बोहराले  बुद्दज्योति लघुवित्त वित्तीय संस्थालाई स्वाप रेशियो १:०.७६ मा प्राप्ति गर्न बिशेष प्रस्ताव पारित सभा समक्ष गरेको प्रस्ताव सर्वसम्मत अनुमोदन भएको छ। 

अध्यक्ष बोहराले संस्थाले चालु आर्थिक बर्षमा ३५ प्रतिशतले निक्षेप, ३३ प्रतिशतले कर्जा र ४ प्रतिशतले नाफा बृद्दी गर्न सफल भएको समेत जानकारी दिए। 

शेयरधनीहरुको तर्फबाट मन्तब्य राख्दै संस्थाका शेयरधनी शिव प्रसाद पौडेलले संस्थाको उपलब्धिको प्रशंशा गर्दै बुद्द्ज्योती संगको एकीकृत कारोबारको लागी शुभकामना व्यक्त गरे। 

कार्यक्रमको संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनि सचिव पुष्कर राज जोशीले गरेका थिए । शभामा संस्थापक शेयरधनी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । 

प्राप्ति पश्चात् वित्तीय संस्थाको चुक्तापुंजी ५४ करोड १२ लाख पुग्ने संस्थाले जनाएको छ । २०७९ आषाढ ३०  को रिपोर्ट अनुसार लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८१ करोड र निक्षेप संकलन तर्फ २ अर्ब ६८ करोड रहेको वित्तीय संस्थाले देशभर ६१ जिल्लाहरुमा १४८ वटा शाखा  संजाल मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको संस्थाले जनाएको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved