हिमालयन र बैंक अफ काठमाण्डूले जिते डेढ अर्बको मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 07:14:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी समबन्धि मुद्दा जितेका छन् । चीनको उच्च अदालतमा यी २ बैंकले  काउन्टर ग्यारेन्टी समबन्धि डेढ अर्बको मुद्दा जितेका हुन्।

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेका यी २ बैंकले उक्त जमानत सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेका हुन् ।  मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकलाई  काउन्टर ग्यारेन्टी दिएको थियो । यो फैसलासंगै यी २ बैंकले काउन्टर ग्यारेन्टी वापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको रकम पाउने छन् । 

बिओकेका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले बैंकले अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ वापतको रकम फिर्ता पाउने बताए ।  

के थियो मुद्दा ?

चाइना रेल्वेले मेलम्ची आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको थियो। तर कम्पनीले सम्झौताको १५ प्रतिशत भुक्तानी लगेर काम भने गरेन । काम नगरेपछि मूख्य ग्यारेन्टी बसेको चाइना कन्सट्रक्सन्स बैंकले मेलम्ची आयोजनासँग रकम माग गरेको थियो । आयोजनाले सहायक काउन्टर ग्यारेन्टी बसेका नेपाली २ बैंकसँग रकम मागेको थियो । यी बैंकले मुख्य ठेकेदारले रकम दिए मात्र आयोजनालाई पैसा दिने बताएका थिए।  मुख्य ठेकदारले चिनियाँ अदालतमा मुद्दा दायर गरेको थियो र अदालतले नेपाली बैंकलाई पैसा दिनु नपर्ने आदेश दियो ।  

त्यसपछि यी २ बैंकले  मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे ग्रुप अफ कम्पनी बिरुद्द माथिल्लो अदालतमा पुनरावेदन माग गर्दै मुद्दा दायर गरेका थिए । सो मुद्दा भने यी २ बैंकले जितेका थिए । उक्त आदेश विरुद्द चिनियाँ कम्पनी त्यहाँको मथीलो अदालत गएकोमा माथिल्लो अदालतले पनि नेपालका २ बैंकको पक्षमा फैसला गरेको हो 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved