प्रभु बैंकका ग्राहकलाई पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 05:36:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकका ग्राहकले पोखरास्थित पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.मा छुट पाउने भएका छन् । बैंक र पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएसँगै प्रभु बैंकका ग्राहकले छुट पाउने भएका हुन् । 

सम्झौतामा बैंकका तर्फबाट हरिचोक शाखा कार्यालय प्रमुखसुनीता गुरुङ्ग र पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरुले पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा ल्याबोरेटोरिज डाइग्नोस्टिक टेस्टमा २५ प्रतिशत, नर्मल एण्ड स्पेशल अल्ट्रासाउण्डमा १० प्रतिशतका साथै व्रिmटोलोजी सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । 

प्रभु बैंकका ग्राहले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा यो छुट पाउने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved