एभरेष्ट बैंकको शाखा झापाको धुलाबारीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 04:32:45 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकको १२१ औं शाखा झापाको धुलाबारीमा सञ्चालनमा आएको छ ।

मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त शाखाको उद्घाटन गरे । 

यो सँगै प्रदेश नं. १ मा बैंकको शाखा सञ्जाल १८ पुगेको छ । 

शाखा उद्घाटनका अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचिनगर नगरपालिकाको फोहोर व्यवस्थापको सहयोगार्थ नगरपालिकाका मेयर बुढाथोकीलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ । 

एभरेष्ट बैंकले हाल १२१ शाखा, ३ एक्सटेन्सन काउण्टर, १५६ एटिएम र प्रादेशिक कार्यालयहरुबाट सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved