जब अभिषेकले नक्कली सुन धितो राखेर २४ लाख ऋण झिके...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 06:42:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एक जनाले नक्कली सुन धितो राखेर बैंकबाट पैसा झिकेको खुलेको छ । पोखरास्थित राष्ट्रिय वाणिज्य बैंकबाट पर्वतका अभिषेक सुनारले नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण झिकेको खुलेको हो । 

पर्वतको कुश्मा घर भई हाल पोखरा महानगरपालिका–२५ सराङकोट बस्ने २५ वर्षीया सुनारले पोखराको बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार ऋण लिएको पाइएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीका अनुसार सुनार ऋणको किस्ता तिर्न नआएपछि बैंकले सुन जाँच गरेको थियो । सुन जाँच गर्दा नक्कली भएको खुलेको हो ।

प्रहरीले पनि अनुसन्धान गर्न सुनारले धितोमा राखेका गहना परीक्षणका लागि सुनचाँदी व्यवसायी संघ कास्कीमा पठाएको थियो । सुनचाँदी व्यवसायी संघले ती गरगहना नक्कली सुनबाट बनेको प्रतिवेदन दिइसकेको छ । 

सुनारलाई जिल्ला अदालत कास्कीले ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

सुनार हाल हिरासतमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved