बैंक विरुद्दको आन्दोलन चर्काउन प्रदेशका व्यवसायी छलफलमा, गोल्छामाथि दबाबै दबाब

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 05, 2022 | 10:57:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आह्वानमा चुनाव अगाडी आन्दोलन स्थगित गरेर बसेका उद्योगी व्यवसायीहरु पुनः जुर्मुराउन थालेका छन् । बैंकको ब्याजदर बढिरहेको र उद्योगी व्यवसायीहरुलाई डुबाउने गरी चालू पूँजी कर्जा सम्बन्धि मार्गदर्शन जारी भएको विरोधमा उद्योगी व्यवसायीहरु पुनः आन्दोलित बनेका छन् ।

पश्चिम नेपालका उद्योगी व्यवसायीहरु शनिबार सडक प्रदर्शनमा उत्रिए । कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समिति संयुक्त रुपमा आन्दोलनमा उत्रियो ।

मंसिर २७ गते ७ वटै प्रदेश महासंघका अध्यक्ष छलफलमा बस्ने

मंसिर २७ गते मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका ७ वटै प्रदेशका अध्यक्षहरु छलफलमा बस्ने भएका छन् । छलफलमा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई पनि सहभागी गराउने र थप आन्दोलनका कार्यक्रम तय गरिने उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताएका छन् । 

२७ गतेको छलफलले पौष १ गतेदेखि गर्ने आन्दोलनका कार्यक्रम तय गर्नेछ । पौष १ गतेबाट मंसिर २७ गते तय भएका विरोधका कार्यक्रम देशैभर सुरु गरिनेछ । 

महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शर्माले बैंकहरुलाई राष्ट्र बैंकले छाडा छोडेका कारण उनीहरुले मनोमानी रुपमा चर्को सेवा शुल्क लिइरहेको र ब्याजदर पनि आफूखुशी बढाईरहेको भन्दै अब निर्णायक आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

‘बैंकबाट ऋण लिएकाहरु सबै पीडित छन्, अब निर्णायक आन्दोलन गरौँ’ उनले भने ।

बायस हुँदै महासंघ

महासंघले उद्योगी व्यवसायीहरुको आन्दोलनको नेतृत्व नलिएको र ऐक्यवद्धता पनि नजाएको भन्दै जिल्ला नगर उद्योग वाणिज्य संघहरु नेतृत्वप्रति रुष्ट छन् । 

यसअघि पूर्वी नेपाल र मधेशका उद्योगी व्यवसायीहरुले केन्द्रले आफूहरुप्रति कुनै अभिभावकीय भूमीका निर्वाह नगरेको गुनासो गरेका थिए । अहिले पश्चिम नेपालका प्रदेश उद्योग वाणिज्य महासंघ र जिल्ला नगर उद्योग वाणिज्य संघहरुले पनि केन्द्रले कुनै दबाब दिन नसक्ने भन्दै जिल्ला र प्रदेश स्तरबाटै आन्दोलन चर्काउनुपर्ने बताउन थालेका छन् । 

बैंकमा ताला लगाउने सम्मका कुरा

जिल्ला नगरका साना र मझौला उद्योगी व्यवसायीहरुले बैंकले अचाक्ली ब्याज बढाएर दिनुसम्मको दुःख दिएको गुनासो गर्दै आएका छन् । पहिलो चरणमा धर्ना दिने र प्ले कार्ड बोकेर प्रदर्शन गर्दा राष्ट्र बैंकले नीतिगत सुधार नगरे आफूहरु हरेक बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुमा ताला लगाएर बैंक बहिष्कार गर्न बाध्य हुने चेतावनी पनि उद्योगी व्यवसायीहरुले दिन थालेका छन् । 

महासंघका केन्द्रीय सदस्य जमशेर मियाले उद्योगी, व्यवसायीका पीडा र ब्याजदर सम्बन्धि समस्या महासंघको नेतृत्वलाई पटक पटक सुनाएपनि सुनुवाईका लागि पहल नगरेको गुनासो गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved