नेपाल राष्ट्र बैंकमा एउटा महाशाखा थपिने भएको छ। राष्ट्र बैंकका अनुसार बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण सुरिवेक्षण महाशाखा स्थापना हुने भएको हो।
सम्पत्ति सुद्धीकरण तथा आतङकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्नको लागि यस महाशाखाको स्थापना भएको हो। यो महाशाखा आगामी माघदेखि सञ्चालनमा आउने छ।