
नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । राष्ट्र बैंकले 'नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७' लाई खारेज गरी 'नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९' जारी गरेको हो ।
राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले नयाँ नियमावली बमोजिम गर्न गराउनको विप्रेषण कारोबार गर्ने सम्पूर्ण कम्पनीहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी 'नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९' जारी गरिएको विभागले उल्लेख गरेको छ ।
विभागका अनुसार नेपाल राष्ट्र बैंक सञ्चालक समितिको माघ ३ मा बसेको बैठकबाट नयाँ नियमावली स्वीकृत भएको हो।