सनराइज बैंकको थप तीन शाखारहित बैंकिंङ सेवा संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2023 | 10:44:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले थप तीन शाखारहित बैंकिंङ सेवा संचालनमा ल्याएको छ। बैंकले पहुँच नपुगेका स्थानमा बैंकिंङ सेवा पुर्याउने उदेश्यले रबिभिन्न जिल्लाका दुर्गम क्षेत्रमा शाखा रहित बैङ्किङ सेवा संचालनमा ल्याएको हो।  

बैंकले  रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं.–०३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका वडा नं.–०६, गुलरा र कावासोती नगरपालिका वडा नं.–१, हिमाल चोक, नवलपरासी (ब.सु.पू)मा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो। सो तीन शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०० पुगेको छ । 

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । 

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved