विप्लव नेतृत्वको नेकपाद्वारा कपिलवस्तुमा लघुवित्तलाई प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2023 | 05:26:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेत्र विक्रम चन्द 'विप्लब' नेतृत्वको नेकपाले पश्चिम कपिलवस्तुमा लघुवित्त र मिटर ब्याजीलाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ । पार्टीका पश्चिम कपिलवस्तु इन्चार्ज हेमन्त र सचिव पावेलले संयुक्त विज्ञप्ति जारी गर्दै पश्चिम कपिलवस्तुमा लघुवित्त र मिटर ब्याजीलाई प्रतिबन्ध लगाएको घोषणा गरेका हुन् 

जारी विज्ञप्तिमा मिटर ब्याजी र लघुवित्तिय संस्थाहरूको आतंकले पश्चिम कपिलवस्तुका जनतालाई जिवन मरणको अवस्थामा पुर्याएको उल्लेख छ । त्यस्ता व्यक्ति र संस्थाको अमानविय आर्थिक शोषणले जनतालाई आत्महत्या समेत गर्न बाध्य बनाएको तथा विभिन्न प्रकारका डर, धम्की र दबाब दिएर गरिने यस्ता कार्यको सम्बन्धमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

प्रतिबन्धको शन्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तिय अपराधिहरूले गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी पार्टीले दिएको छ । साथै बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न पार्टीले अनुरोध गरेको छ। अन्यथा जनताको वित्तीय न्यायका लागि जुनसुकै संघर्षमा जान बाध्य हुने पार्टीले जनाएको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved