विकास बैंकहरुले कहिले घटाउँछन् ब्याजदर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2023 | 02:09:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकका सिइओहरुको संस्था नेपाल बैंकर्स सङ्घको आजको बैठकले बैंकको ब्याजदरमा सामान्य हेरफेर गर्दै घटाउने निर्णय गरेका छन् । त्यसले ऋणीहरुलाई समेत राहत पुग्नेछ । बाणिज्य बैंकहरुले ब्याजदर घटाए पनि विकास बैंकले के गर्छ भन्ने चासोको विषय रहेको छ । 

यस विषयमा विकास बैंकले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । उक्त विषयमा बिजपाटीले गरेको प्रश्नमा डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि घटाउने तयारी भइरहेको बताएको छ । विकास बैंकहरुको छाता सङ्गठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको आगामी साता बस्ने बैठकले ब्याजदर घटाउने निर्णय गर्ने जनाइएको छ।

एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले आगामी साता बैठक बसेर ब्याजदर के कति घटाउने भनेर निर्णय हुने बताए। ‘ब्याजदर केही कम गरौँ भन्ने मनसायमा छौँ।’ उनले भने, ‘मंगलबारसम्म ब्याजदर सार्वजनिक गर्ने समय छ, आइतबार वा सोमबार बैठक बसेर के कति घटाउने निर्णय हुन्छ।’

अहिले विकास बैंकहरुको साधारण मुद्दति निक्षेपको अधिकतम ब्याज १२.८५ प्रतिशत छ भने बचतको अधिकतम ९.८५ प्रतिशत छ। फागुन महिनाको लागि वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राख्दा विकास बैंकहरुले घटाएका थिए।

यो पनि: बैंकर्स संघको ऐतिहासिक निर्णय: कुनै पनि कर्जाको ब्याज १४ प्रतिशत ननाघ्ने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved