एनआइसी एशिया लघवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2023 | 11:03:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उप प्रदेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता र्याली कार्यक्रम संचालन गरेको छ ।विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा संचालन भएको उक्त वित्तीय साक्षरता सम्बन्धी र्याली कार्यक्रमलाई परासी लघुवित्त कर्मचारी मंचले अगुवाई गरेको एनआइसी एसियाले जनाएको छ।

उक्त कार्यक्रममा त्यस क्षेत्रमा सेवा तथा कार्यक्रम प्रवाह गर्दै आएका १६ वटा लघुवित्तहरुमा आवद्ध सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम परासीको हाटबजारबाट शुरु भई बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो । 

यसरी वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहित भएको उक्त ¥याली कार्यक्रमबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको एन आई सी एशिया लघुवित्तका कर्पोरेट कार्यालयका चिफ विजनेस एण्ड क्वालिटी एस्युरेन्स ईकोसिष्टम अर्जुन श्रेष्ठले बताए। 

प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एसिया लघुवित्तले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरु सहित नेपाल भरी आफ्ना २८७ शाखाहरु मार्फत २००,००० भन्दा बढि न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरुलाइ गुणस्तरीय वित्तीय सेवा तथा गैह्रवित्तीय सेवा उपलब्ध गराउदै आएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved