कामना सेवा विकास बैंकको सीईओ बन्दै दिनेश थकाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2023 | 06:24:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त हुने भएका छन् । लामो बैंकिङ अनुभव भएका थकालीलाई बैंकको कार्यकारी अधिकृत बनाएर भित्र्याउने पक्का भएको कामना सेवाका अध्यक्ष सुदीप आचार्यले जानकारी दिए ।

अध्यक्ष आचार्यका अनुसार औपचारिक सम्झौता भने हुन बाँकी छ । ‘उहाँ आउने पक्का भइसक्यो, औपचारिक सम्झौता हुन बाँकी छ’ उनले भने ।

चार्टर्ड एकाउण्टेण्टसमेत रहेका थकालीसँग सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ । उनले प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा रहेर पनि काम गरेका छन् ।

उनले प्रभु बैंकबाट राजिनामा दिइसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved