वित्तीय साक्षरताका लागि स्याङ्जामा मुक्तिनाथको घरदैलो कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2023 | 08:15:24 PM मा प्रकाशित

laxmi  sunrise bank

" जनता बैंकमा होइन , बैंक जनतामा जानुपर्छ" भन्ने नारासहित स्थापित भएको मुक्तिनाथ विकास बैंक लिमिटेडले  स्याङ्जा जिल्लाव्यापी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। जिल्लास्थित सबै शाखा कार्यालयहरूले शुक्रबार र शनिबार आफ्नो कार्यक्षेत्रका ग्राहकहरूको घरदैलोमै गइ वित्तीय साक्षरता कार्यक्रम गरेका हुन्।

नेपाल राष्ट्र बैंकको यस आ.वा २०७९–८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धनलाई सहयोग पुर्याउने उदेश्यले बैंकले देशव्यापी रूपमा नै वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो।जनताको घरदैलोमा पुगी बैकिङ कारोबारको महत्त्व , बचतको महत्त्व एवं कर्जाको सदुपयोग , हाल आर्थिक कारोबारको समस्याको रूपमा रहेको मिटरब्याजबाट जोगिने उपाय र मुक्तिनाथ विकास बैंकले प्रदान गर्दै आएका सेवा तथा सुविधाहरूको बारेमा शिक्षा दिइएको शाखा प्रमुखहरूले बताएका छन्।

जनताको घरदैलोमा पुगी डिजिटल बैंकिङ्को महत्व, समस्या,  समाधानका उपायका बारेमा समेत सचेतना प्रदान गरिएको मुक्तिनाथ विकास बैंकका बयरघारी शाखा प्रमुख केशबराज अर्यालले जानकारी दिए। अनलाइन ठगी बढीरहेको परिप्रेक्ष्यमा बैंकले यसबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका विषयमा विशेष प्राथमिकताका साथ वित्तीय साक्षरता कार्यक्रम संचालन शाखा प्रमुख अर्यालले बताए।

स्याङ्जाका ११ वटै पालिकामा आफ्नो शाखा संचालन गरेको बैंक स्याङ्जा जिल्लाको सबैभन्दा लोकप्रिय र सबैभन्दा बढी कारोबार गर्ने बैंक हो। स्याङ्जा जिल्लालाई आधार क्षेत्र बनाएर स्थापना गरिएको बैंक अहिले देशकै सबैभन्दा अब्बल विकास बैंक बनेको छ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्क मा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved