कामना सेवाको वार्षिक साधारणसभा सम्पन्न, सभाबाट लाभांश पारित सहित महत्त्वपूर्ण निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 10:54:51 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकको गत आर्थिक वर्षको लाभांश पारित भएको छ। बैंकको १६ औं  बार्षिक साधारणसभाबाट संचालक समितिको लाभांश प्रस्ताव स्वीकृत भएसँगै गत आर्थिक वर्षको लाभांश पारित भएको हो। 

साधारण सभामा बैंकको चुक्ता पूँजीको ५२ प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी ४४९ जना सेयरधनी महानुभावहरुको स्वयम् उपस्थिति रहेको थियो । बैंक संचालक समितिले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीहरुलाई ४.४१ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२३३२ प्रतिशत नगद गरि ४.६४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। 

त्यस्तै  बैंकले आ.व. २०७९÷०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ। 

उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७८÷०७९ को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैंकिङ क्षत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७९÷८० को हाल सम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए

साधारणसभामा सेयरधनीहरुको जिज्ञासाको जवाफ दिदै बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत बिनय दाहालले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको भएतापनि अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका कारण निर्धारित लक्ष्य प्राप्त गर्न केही असहज भएकाले चालु आ.व.मा व्यवसाय वृद्धिको साथै खराव कर्जा असुलीमा बढी ध्यान केन्द्रित गरी कार्य योजना सहित अगाडि बढ्ने बताए। 

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा बसेको साधारणसभामा सञ्चालक चतुराखर अधिकारीले सेयरधनी लगायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गरेका थिए भने सञ्चालक भिम प्रसाद तुलाचनले धन्यवाद ज्ञापन गरे। कार्यक्रमको सञ्चालन कम्पनी सचिव डण्डपानी भट्टराईले गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved