राष्ट्र बैंकको निर्देशनले इन्फिनिटीले गुमायो ६ करोड, ८८ प्रतिशतले घट्यो मुनाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 10:40:12 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा झन्डै ८८ प्रतिशतले खुद मुनाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको यस अवधिमा ११ करोड ८३ लाख खुद मुनाफा आर्जन गरेको इन्फिनिटीले  यसअवधिमा मात्र १ करोड ३८ लाख खुद मुनाफा आर्जन गरेको छ। 

मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी २३. १९ प्रतिशतले घटेर २५ करोड ४७ लाखबाट १९ करोड ३० लाखमा सिमित भएको छ। मुख्य आम्दानी नै घटेपछि संचालन मुनाफा पनि ८८.४८ प्रतिशतले घटेर १ करोड ९४ लाखमा सिमित भएको च। 

राष्ट्र बैंकको नीति नियम भन्दा बाहिर गएर लिएको भनिएको शुल्क फिर्ता तथा अन्य नोक्सानी भरपाई गर्नमा नै ५ करोड ६५ लाख खर्चिन परेपछि इन्फिनिटीको मुनाफामा ठुलो असर परेको हो। 

नेपाल राष्ट्र बैकको लघुवित्त बिभागले सुपरीवेक्षकीय निर्देशन भन्दै भुतप्रवाहि निर्णय गरेर सबै लघुवित्तलाई उसको नयाँ निर्देशनमा नपर्ने शुल्क फिर्ता गर्न लगाएको थियो। जस कारण इन्फिनिटी लगायत धेरै लघुवित्तले उक्त नयाँ निर्देशन आउँन अगाडी नियम संगत मानिने शुल्क समेत ऋणीलाई फिर्ता गर्नुपरेको थियो। यहि कारणले धेरै लघुवित्तको मुनाफा प्रभावित भएको हो। 

यस अवधिमा इन्फिनिटीको चुक्तापुंजी ४९ करोड ७४ लाख रहेको छ भने रिजर्भमा १७ करोड ९६ लाख रहेको छ।  यस अवधिमा इन्फिनिटीको प्रति सेयर आम्दानी ३ रुपैयाँ ७० पैसा छ भने प्रति सेयर नेटवर्थ अर्थात हिजो सय रुपैयाँ लगानी गर्नेको भ्यालु आज १३६ रुपैयाँ ११ पैसा  रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved