महालक्ष्मी विकास बैंक २९ औँ वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 06:44:08 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक जेष्ठ ७ गतेदेखि २९ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गर्नुका साथै २९ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम, साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता ¥याली, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग लगायतका काार्यक्रम आयोजना गरेको छ ।

केन्द्रीय कार्यालयका कर्मचारीहरुको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयहरुका (आठ वटा) विभिन्न स्थानहरुमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीहरुको सहभागितामा जेष्ठ ६ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० सम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि कृतज्ञता व्यक्त गरेका छन् । उनले भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved