महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 05:31:14 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले बैंकको २९औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवा सुरुवात गरेको छ । बैंकले आज जेष्ठ १२ गते शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको सुरु गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकको केन्दि«य कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको उद्घाटन गरेका हुन् । 

क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेशिन, अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटिएमबाट नगद झिक्न, पोस मेशिनमार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् । 

कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिनसम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल, भारत र भुटानमा सजिलै  प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध रहेको बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved