लघुवित्त खारेजीको माग राखेर नेपाल बन्दको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2023 | 02:21:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मनिराम ज्ञवाली नेतृत्वको लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले फेरि आन्दोलन घोषणा गरेको छ । समितिले नेपाल बन्द सहितका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

संघर्ष समितिले सरकारसँग विभिन्न पाँच बुँदे मागहरु राख्दै आन्दोलन घोषणा गरेको हो ।  लघुवित्तीय संस्थाहरु खारेज, लघुवित्तीय संस्थाहरुद्धारा लगाईएका सामुहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने उनीहरुले माग राखेका छन् । 

संघर्ष समितिले जेठ मसान्तसम्म लघुवित्तिय संस्था निषेधित क्षेत्र घोषणा गर्ने र सशक्त प्रतिकारको आन्दोलन सुरू गर्ने बताएको छ । संघर्ष समितिले असार ३ गते कोशी, ७ गते मधेश, ११ गते सुदूरपश्चिम, १५ गते कर्णाली, १९ गते गण्डकी, २२ गते लुम्बिनी र २५ गते बागमती प्रदेश बन्दको कार्यक्रम घोषणा गरेको छ । साथै असार ३० र ३१ गते नेपाल बन्दकोसमेत उनीहरुले घोषणा गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved