वाणिज्य बैंकहरुले २०८१ जेठ महिनाको लागि निक्षेपमा प्रदान गर्ने नयाँ ब्याजदर प्रकाशन गरेका छन् । प्रकशित ब्याजदर अनुसार १० वटा बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन्। जस मध्ये एभरेष्ट र नबिल बैंकले सर्वाधिक ०.५ बिन्दुले व्यक्तिगत तर्फको निक्षेपको ब्याज घटाएका छन् ।
व्यक्तिगत निक्षेपतर्फको ब्याज घटाउने अन्य बैंकमा सिटिजन्स बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, प्राइम बैंक र कुमारी बैंक रहेका छन् । व्यक्तिगत निक्षेपको ब्याज घटाउने यी बैंक मध्ये कुमारी बैंक बाहेक सबैले संस्थागत निक्षेपको ब्याज पनि घटाएका छन् । कुमारीले भने संस्थागत निक्षेपको ब्याज स्थिर राखेको छ ।
हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक , र माछापुच्छ्रे बैंकले भने संस्थागत र व्यक्तिगत दुवै तर्फको निक्षेपको ब्याज स्थिर राखेका छन् ।
ग्लोबल आईएमई बैंक, र प्रभु बैंक र एनआईसी एशिया बैंकले भने व्यक्तिगत निक्षेपतर्फको ब्याज बढाएका छन् । यी मध्ये प्रभु बैंकले संस्थागत तर्फको निक्षेपको ब्याज स्थिर राखेको छ ।
हेर्नुस् कुन बैंकको ब्याजदर कति ?