राष्ट्र बैंकले खारेज गर्‍यो इ-नेट पेमेन्ट प्रालिको लाइसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2024 | 01:08:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले इ-नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ । साथै केन्द्रीय बैंकले  उक्त कम्पनीको अनुमतिपत्र समेत खारेज गरेको छ ।

भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी विसं २०७६ चैत २१ गते अनुमतिपत्र पाएको उक्त कम्पनीले केन्द्रीय बैंकको निर्देशनको परिपालना नगरेपछि अनुमतिपत्र खारेज भएको हो ।

कम्पनीले भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधनसहित) को विनियम ३५ को १(ग) को व्यवस्थाबमोजिम भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।

साथै कम्पनीले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन/दायित्व बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नसमेत केन्द्रीय बैंकले भनेको छ । 

हेर्नुस सूचना :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved