मौद्रिक नीतिको समीक्षाबाट हाम्रो मूख्य माग सम्बोधन भएन : अध्यक्ष लोहनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2024 | 02:05:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले रियलस्टेट क्षेत्रलाई खास नछोएको व्यवसायीहरुले बताएका छन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले रियलस्टेट क्षेत्रलाई खास नछोएको बताएका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि बिजपाटीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा अध्यक्ष लोहनीले लोन टू भ्यालू रेसियोका सम्बन्धमा आफूहरुले राखेका माग राष्ट्र बैंकले सम्बोधन नगरेको बताएका हुन् । उनले भने, 'हाम्रो मुख्य माग भनेको लोन टू भ्यालू रेसियो ७० प्रतिशत हुनुपर्छ भन्ने हो । तर, उक्त विषयलाई राष्ट्र बैंकले सम्बोधन गरेन ।'

रियल स्टेट व्यवसायीहरुले बिगतदेखि नै लोन टू भ्यालू रेसियो बढाउनु पर्ने माग राख्दै आएका थिए ।

अध्यक्ष लोहनिले रियलस्टेट कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्नुलाई केही सकारात्मक मान्न सकिने बताएका छन् । यसले घरजग्गा व्यवसायमा केहि सहज हुने उनले अपेक्षा गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved