सिटिजन्स बैंकद्वारा “मनाऔं साउन सिटिजन्ससँग” अफर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2024 | 03:00:21 PM मा प्रकाशित

nepal oil ltd

सिटिजन्स बैंकले साउन महिना भरिको लागि “मनाऔं साउन सिटिजन्ससँग” नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले साउन महिनालाई ध्यानमा राखेर महिलाका लागि यो अफर ल्याएको हो ।

उक्त अफरअन्तर्गत साउन महिनाको हरेक सोमबार कम्पनीको जुन सुकै शाखा कार्यालयमा  गएर खाता खोल्दा ग्राहकले विभिन्न उपहार पाउने छन् । 

कम्पनीका अनुसार ग्राहकले साउनको सोमबार खोलेको खातामा एक वर्षसम्म लकर कि धरौटीमा ५० प्रतिशतसम्म छूट पाउने छन् । साथै कम्पनीले उक्त अफरमा पहिलो वर्षमा मोबाइल बैंकिङ्ग र डेबिट कार्ड पनि निःशुल्क प्रयोग गर्न पाइने सुविधा रहेको बताएको छ ।  

साउन महिना खाता खोल्ने महिला ग्राहकलेले उपहार स्वरुप सौभाग्य सामग्री पनि पाउने छन् । कम्पनीले यो अफर सबै शाखाहरुमा साउन महिना भर लागू हुने पनि बताएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved