राष्ट्र बैंकले तय गर्यो दशैंमा सुकिला नोट साट्ने समय र स्थान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2024 | 03:45:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले दशैंमा सुकिला नोट सटहीको लागि समय र स्थान तय गरेको छ।  आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले सुकिला नोट सटहीको समय र स्थान तय गरेको हो। 

राष्ट्र बैककाअनुसार दशैंको लागि सुकिला नोट सटही असोज १३ देखि २२ गतेसम्मको समय तय गरिएको छ। भने, सटहीको लागि राष्ट्र बैकको मुद्रा व्यवस्थापन र बैकिङ्ग विभाग तथा प्रदेशस्थित सातवटै कार्यालयबाट सटही सुविधा लिन सकिनेछ। 

त्यस्तै राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा बित्तिय संस्थाहरुबाट पनि दशैंको लागि सुकिला नोट सटहीको सुविधा लिन सकिने राष्ट्र बैकले जनाएको छ। 

राष्ट्र बैंकले विगतका वर्षहरुमा जस्तो यस पटक दशैंको लागि नयाँ नोटलाई सटहीमा ल्याएको छैन। खर्च कटौती, सुकिला नोटको पर्याप्तता र डिजिटल कारोबारलाई प्रोत्साहनको उदेश्यले नयाँ नोट सटहीमा नल्याइएको राष्ट्र बैकका सह प्रवक्ता डा डिल्लीराम पोखरेलले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved