गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न बनेको समिति रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2024 | 10:07:49 AM मा प्रकाशित

nepal oil ltd

मन्त्रिपरिषदले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न बनाइएको समिति रद्द गर्ने निर्णय गरेको छ। हालै बसेको मन्त्रिपरिषदको बैठकले तीन वर्षअघिको यो निर्णय रद्द गरेको हो। 

तीनवर्षअघि अदालतको आदेशले बनेको कांग्रेस माओवादीको सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति बनाएको थियो। त्यो बेलाका अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा  २०७८ चैत २४ गते मन्त्रिपरिषदको बैठकले गभर्नरमाथि छानबिन गर्न जांचबुझ समिति बनाएको थियो। 

गभर्नर अधिकारीमाथि क्षद्म भेषमा नेकपा एमालेको केन्द्रिय सदस्य रहेको, गभर्नर हुँदाको बखत पेश गरेको शैक्षिक योग्यता नपुगेको जस्ता विषयमा लागेको आरोपमाथि छानबिन गर्न भन्दै त्यो बेला समिति बनेको थियो। 

यद्दपि, जनार्दन शर्माले सिफारिस गरेका व्यक्तिको स्रोत नखुलेको पैसा फुकुवा गर्नलाई नमानेको कारण गभर्नर अधिकारीलाई कारबाही गर्ने नियतले समिति बनाइएको बजार चर्चा थियो। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved