राष्ट्र बैंकले गर्यो सेवा रेमिटको लाइसेन्स खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2024 | 03:36:31 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले सेवा रेमिटको इजाजतपत्र लाइसेन्स खारेज गरेको छ। राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै इजाजतपत्र खारेज गरेको जनकारी दिएको हो ।

उक्त कम्पनीको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ को विनियम १३ को उप विनियम १० खण्ड ‘ङ’ बमोजिम इजाजतपत्र खारेज हुने देखिएकोले विप्रेषण कारोबार सिलसिलामा उक्त कम्पनीसँग कुनै लेनदेन रकम बाँकी भए ३५ दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउन आग्रह गरेको छ।

साथै तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिटको बैंक जमानत फुकुवा हुने केन्द्रीय बैंकले स्पष्ट पारेको हो ।

खारेज हुने विप्रेषण कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खोमसम्मका रकममात्र राष्ट्र बैंकले हिसाब मिलान गरिदिने सूचनामा उल्लेख छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved