बैंक तथा वित्तीय सस्था परिसंघ नेपालले मौद्रीक नीतिको पहिलो त्रैमासिक समिक्षा मौन रहेको जनाएको छ । सिबिफिनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मौद्रीक नीतिले पर्ख र हेरको अवस्था श्रृजना गरेको जनाएको हो । आगामी दिनमा वस्तुपरक नीति र उपायहरु अवलम्बन हुने सिबिफिनको अपेक्षा गरेको जारी विज्ञप्तीमा भनिएको छ ।
सुक्ष्मरुपमा अध्ययन तथा विश्लेषणसहित समग्र आर्थिक, व्यवसायीक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाउनका लागि गत श्रावणमा आएको २०८१/८२ को मौद्रिक नीतिले आमरुपमा आशा र उत्साह जगाएकोमा परिसंघले समयसापेक्ष मौद्रिक नीतिको स्वागत गर्दै आगामी निर्देशन तथा समीक्षाहरुमार्फत समयानुकुलरुपमा थप नीतिगत सहजता हुनुपर्ने आवश्यकता थानेको छ । बैंक तथा वित्तीय संस्थाहरुको खराब÷निष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तररुपमा वृद्धि भइरहेको, अपेक्षाकृतरुपमा कर्जा लगानी हुन नसकेको, आर्थिक एवं बैंकिङ गतिविधिहरुले समेत गति लिन नसकेकोमा परिसंघले चिन्ता व्यक्त गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रही न्यून ब्याजदर कायम भएको र सार्वभौम साख मूल्याङ्कनमा नेपालले हालैमात्र प्राप्त गरेको सन्तोषजक नतिजाले लगानी विस्तार, कर्जा प्रवाह तथा पृँजी परिचालनको लागि ठूलो अवसर सृजना भएको अनुकुल अवस्थालाई हृदयगंम गर्दै नेपाल राष्ट्र बैंकबाट आगामी त्रैमासिक समीक्षा मार्फत थप सहज नीति र उपायहरु अवलम्बन गरिने परिसंघले विश्वास गरेको छ ।