राष्ट्रिय वाणिज्य बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2025 | 10:04:56 AM मा प्रकाशित

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ।

अध्यक्ष ढुङ्गानाले बैंकले समयानुकूल नीति तथा कार्यविधिहरूमा परिमार्जन गर्दै प्रविधिमा आधारित उच्चस्तरीय सेवा प्रवाह गर्न प्राथमिकता दिइरहेको जानकारी दिए। उनले बैंकिङ क्षेत्रको प्रतिस्पर्धामा टेकेर प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राख्ने बैंकको नीतिबारे चर्चा गरे।

साधारण सभामा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरू र सर्वसाधारण शेयरधनीहरूको उपस्थिति थियो। सभामा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि शेयरधनीहरूले टिप्पणी गर्दै बैंक सुधारका लागि सुझाव राखेका थिए। ती जिज्ञासा र टिप्पणीको जवाफ अध्यक्ष ढुङ्गानाले दिए। 

सभामा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, सुशिल घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे र प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललगायत शीर्ष व्यवस्थापन समूहको उपस्थिति रहेको थियो।

बैंकले हाल ७ प्रदेशका ७७ जिल्लाका सदरमुकाममा २९४ शाखा कार्यालय, ७२ एक्सटेन्सन काउन्टर, ३१२ एटीएम र ९९ शाखारहित बैंकिङ सेवा सञ्चालन गरिरहेको छ। बैंकका सेवाहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्यले साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved