मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र वितरण पुनः सुचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2025 | 06:23:50 PM मा प्रकाशित

laxmi sunrise bank

लामो समयदेखि स्थगित रहेको मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र वितरण कार्य पुनः सुचारु गरिएको छ। नेपाल धितोपत्र बोर्डको २०७५ साल साउन ८ गतेको निर्णयअनुसार रोकिएको अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अब पुनः सञ्चालनमा आएको हो।

धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६७ अनुसार मर्चेन्ट बैंकिङ्ग व्यवसायअन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्नका लागि बोर्डले मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्दै आएको छ। अब पुनः यस प्रक्रियालाई अघि बढाइएको छ, जसअनुसार इच्छुक संस्थाहरूले अनुमतिपत्र प्राप्त गर्न सक्नेछन्।

साथै, नियमावलीअनुसार अनुमतिपत्र प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न चाहेमा व्यवसाय सञ्चालन गरेको दश वर्ष पूरा गरिसकेको हुनुपर्ने तथा कम्तीमा एक अर्ब चुक्ता पुँजी कायम गरेको हुनुपर्नेछ। यस्ता संस्थाहरूले कुल शेयरको कम्तीमा ३० प्रतिशत सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था समेत गरिएको छ।

नयाँ व्यवस्थासँगै धितोपत्र बजारमा नयाँ मर्चेन्ट बैंकरहरूको प्रवेश सहज हुने तथा पूँजी बजारको विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved