६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक, आजै बोलकबोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2025 | 12:12:58 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै बुधबार ६० अर्ब  खिच्ने भएको छ । केन्द्रीय बैंकले बुधबार २१ दिने अवधिका लागि खिच्न  लागेको जनाएको हो । यसका लागि बैंकले अपरान्ह ३ बजे अनलाइन बोलकबोल गर्नेछ ।

२१ दिन अवधिको निक्षेप संकलन उपकरणको फागुन २१ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले बताएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउने छन् ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved