कामना सेवा विकास बैंकद्वारा २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2025 | 07:26:45 AM मा प्रकाशित

कामना सेवा विकास बैंकले वि.सं. २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। नेपालका विभिन्न धर्मावलम्बीका धार्मिक स्थल तथा मन्दिरहरू समेटेर तयार गरिएको क्यालेन्डर डिजिटल माध्यमबाट उपलब्ध गराइएको बैंकले जनाएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत उक्त क्यालेन्डरमा समितिले निर्णय गरेका विभिन्न तिथि तथा पर्वहरू समावेश गरिएका छन्। बैंकले क्यालेन्डर डिजिटल रूपमा डाउनलोड गर्न सहज होस् भन्ने उद्देश्यले क्यूआर कोड सार्वजनिक गरेको छ। उक्त क्यूआर कोड बैंकको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध गराइएको छ।

कामना सेवा विकास बैंकले प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकता दिँदै डिजिटल क्यालेन्डरको अवधारणा अघि सारेको जनाएको छ। बैंकका अनुसार, यसले ग्राहकहरूलाई आवश्यक तिथिहरू सजिलै पहुँचमा ल्याउन सहयोग पुर्‍याउनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved