हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोषबीच बैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज रूपमा योगदान गर्न सहकार्य गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार बैदेशिक रोजगारीमा रहेका नेपालीहरूले हिमालयन बैंकमा खाता खोली हिमालरेमिट, मोबाइल बैंकिङ्ग वा कार्डमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्नेछन्। बैंकमा जम्मा गरेको रकम सोही दिन कोषको खातामा स्थानान्तरण हुने व्यवस्था गरिएको छ।
यस सम्झौतामा हिमालयन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा बैंक तथा कोषका अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
नयाँ सम्झौतासँगै बैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूले सामाजिक सुरक्षा कोषमा योगदान गर्न झन् सहज हुने अपेक्षा गरिएको छ।